प्रदेश

विश्व बैंकको साढे १२ अर्ब ऋण र जापानको २ अर्ब अनुदान स्वीकार गर्ने सरकारको निर्णय



काठमाडौं, २९ साउन । सरकारले विश्व बैंकबाट प्राप्त हुने १२ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ । २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकले हरित, उत्पादनशील र समावेशी विकासका लागि दिने १ सय मिलियन अमेरिकी डलरको सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्‍का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सहुलियतपूर्ण ऋण भएको जानकारी दिए ।

त्यसैगरी पूर्वी तराईको सिँचाइ प्रणाली पुनर्स्थापनाका लागि जापान सरकारले २२ सय ५६ मिलियन जापानी येन अनुदान दिने भएको छ । सञ्चारमन्त्री कार्कीकाअनुसार २ अर्ब १३ करोड ६४ लाख रुपैयाँ बराबरको सो अनुदान सहायत स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६