प्रदेश

हँसिया हथौडा चिह्नसहित चुनावमा जान प्रचण्ड र बाबुराम सहमत



काठमाण्डौ, २९ साउन । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू एउटै चुनाव चिह्नमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा भाग लिन तयार भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएको भेटवार्तामा उहाँहरू एउटै हँसिया हथौडा चुनाव चिह्न लिएर चुनावमा भाग लिन तयार हुनुभएको हो । दुई दलका शीर्ष नेताहरूबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । यसबारेमा आ–आफ्नो दलमा छलफल गरेर निर्णय गर्ने सहमती भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवले जानकारी दिनुभयो ।

भेटवार्तामा नेसपाका नेताहरूले प्रतिनिधि सभामा केही सिट निश्चित गर्नुपर्ने बताएका छन् । एउटै चिह्न लिएर चुनावमा जाने र चुनावपछि पार्टी एकता गर्ने विषयमा पनि प्रचण्ड र बाबुराम सहमत हुनुभएको यादवको भनाइ छ ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६