प्रदेश

इजिप्टको एउटा चर्चमा भएको आगलागीमा परेर कम्तीमा ४१ जनाको ज्यान गयो




साउन २९, एजेन्सी ।
इजिप्टको एउटा चर्चमा भएको आगलागीमा परेर कम्तीमा ४१ जनाको ज्यान गएको छ । राजधानी कायरोमा रहेको अबु सिफाइन चर्चमा भएको आगलागीमा परि ४१ जनाको ज्यान गएको चर्चका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ ।

आगलागीको कारणबारे थाहा भएको छैन । अहिले आगो निभिसकेको छ । आगलागीको घटनापछि इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले आगलागी नियन्त्रण, उद्धार, उपचार तथा राहतका लागि राज्य संयन्त्र परिचालन गरेको आफ्नो फेसबुक पेजमार्फत बताउनुभएको छ ।

इजिप्टमा पछिल्ला वर्षहरूमा आगलागीका ठूला घटना भएका छन् । सन् २०२१ को मार्चमा कायरोको पूर्वी उपनगरमा रहेको कपडा कारखानामा भएको आगलागीमा कम्तीमा २० जनाको ज्यान गएको थियो । यस्तै सन् २०२० मा दुई वटा अस्पतालमा भएको आगलागीमा १४ जना कोरोना सङ्क्रमितको ज्यान गएको थियो ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६