प्रदेश

माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता, बाबुरामलाई चिह्न दिनेबारे छुट्टै निर्णय हुने




काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । सोमबार (आज) माओवादी केन्द्रका नेताहरूले आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् ।

दल दर्ताका लागि माओवादी केन्द्रका नेताहरू लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतका नेताहरू आयोग पुगेका थिए । आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि साउन २१ देखि साउन ३१ गतेसम्मको समय निर्धारण गरेको छ । दल दर्ताका लागि निर्धारित समय मंगलबार सकिँदै छ ।

माओवादी केन्द्र र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिह्न लिएर आगामी निर्वाचनमा जाने सहमति भएको बताइएको छ । यद्यपि माओवादी केन्द्रले एक्लै आयोगमा दल दर्ता गराएको छ । निर्वाचन कानुन अनुसार एउटै निर्वाचन चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने दलहरूले दल दर्ताकै समयमा आयोगलाई जानकारी गराउनु पर्दछ ।

तर, माओवादी केन्द्रले आज दल दर्ता गराउँदा नेपाल समाजवादी पार्टीसँग एउटै निर्वाचन चिह्नमा भाग लिने विषय नखुलाएको आयोग स्रोतले जानकारी दिएको छ । त्यसका लागि छुट्टै निर्णय गरेर आयोगमा जानकारी गराउने माओवादी केन्द्रका एक नेताले बताए । केही गृहकार्य बाँकी रहेकाले आज आयोगलाई त्यसबारेमा जानकारी नदिइएको ती नेताले बताए ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६