प्रदेश

बुटवलको होटल कारीकोटमा महिला र पुरुष मृत भेटिए



रुपन्देही, ३१ साउन । बुटवलमा रहेको एक होटलमा महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार फूलबारीचोकमा रहेको कारीकोट होटलमा धादिङको कुम्पुर ५ घर भएका ३६ वर्षीय सीताराम भुजेल झुन्डिएको अवस्थामा र दाङ सतबरीया घर भएकी ३३ वर्षीया पुष्पा बुढाथोकी पलङमा लडिरहेको अवस्थामा फेला परेका हुन् । कोठाको तन्ना र तौलियामा रगत लागेको पाइएको छ ।

महिलाको हत्यापछि पुरुषले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरु दुवै जना हिजो बेलुका होटलमा बास बस्न आएका थिए । शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६