प्रदेश

नागरिकता विधेयक जस्ताको त्यस्तै फेरि अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय



काठमाण्डौ, ३१ साउन । सरकारले नागरिकता विधेयक जस्ताको त्यस्तै फेरि अगाडि बढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरुको बैठकले राष्ट्रपतिले प्रमाणीकरण नगरि प्रतिनिधि सभामै फिर्ता पठाइदिएको नागरिकता विधेयकलाई पुनस् अघि बढाउने सहमति भएको एक नेताले जानकारी दिएका छन् ।

नागरिकता विधेयकमा यसअघि नै राखिएका प्रावधानलाई शंसोधन नगरिकनै संसदबाट पास गरेर प्रमाणीकरणको लागि राष्ट्रपति कहाँ पठाउने गठबन्धनका दलहरुले निर्णय गरेका छन् । सरकारले दोस्रो पटक प्रमाणीकरणको लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सरकारले साउनको १५ गते प्रमाणीकरणको लागि राष्ट्रपति कहाँ पठाएको थियो । तर राष्ट्रपतिले विज्ञहरुसँग छलफल गरेर अस्ति आइतवार प्रतिनिधि सभामै फिर्ता पठाइदिनुभएको थियो । उहाँले नागरिकता विधेयक फिर्ता गर्नुका कारण समेत संसद् सचिवालयलाई पठाउनुभएको थियो । राष्ट्रपतिले फिर्ता पठाएको विधेयक आज प्रतिनिधि सभामा पेस भइसकेको छ ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६