प्रदेश

जम्मु-कश्मिरमा बस खस्दा कम्तीमा ६ प्रहरीको मृत्यु



काठमाडौं, ३१ साउन । भारतको जम्मु कश्मिरमा इन्डो तिब्बतियन बोर्डर पुलिस र जम्मु कश्मीर प्रहरीका जवान सवार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

जम्मु कश्मिरमा पर्ने चन्दनवारीमा मंगलबार अपराह्न बस नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बसको ब्रेक फेल भएकाले दुर्घटना भएको जनाइएको छ।

बसमा ३९ जना सवार थिए । घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत् श्रीनगरमा रहेको सेनाको अस्पताल पुर्‍याइएको छ। ती प्रहरीहरूलाई अमरनाथ क्षेत्रमा सुरक्षाका लागि तैनाथ गरिएको थियो।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६