प्रदेश

कपिलवस्तुमा धुमधामसंग तीन छठ्ठी पर्व मनाइयो, छोराको दीर्घायुको कामना




कपिलवस्तु १ भदौ
आफनो पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु मधेसी समुदायका महिलाहरुले बुधवार कपिलवस्तुमा धुमधामसंग तीन छठ्ठी पर्व मनाएका छन् । आफना सन्तान र श्रीमानको लामो आयुको कामना गर्दै उनीहरुले हर्षोउल्लासका साथ सो पर्व मनाएका हुन । पुजाकालागि चाहिने महुवाको पात र कुश लिनकालागि तिलौराकोट नजिकै रहेको जंलमा भीड लागेको थियो । बिशेष गरी कुशको पुजा गर्नकालागि ब्रतालु महिलाहरु तौहिलवा स्थित प्रहरी कार्यालय बाहिर र नेपाली सेनाको ब्यारेक, चौबिस हजार नहर लगायतक कुश भएका बिभिन्न स्थानमा पुगेका थिए । त्यहा भक्तजनहरुको भीड लागेको थियो । कतिपय भने आफनै घरमा पुजा गरेका थिए । भदौ शुक्ल षष्ठीको दिन पेर्ने सो चाड उनीहबरुले ब्रत र पुजा पाठ गर्ने गर्दछन । उम्रेको कुशको पुजा गर्न भक्तजन महिलाको भीड लागेको थियो । पर्वका दिन बिहानै ब्रतालु महिलाले महुवाको दतिवनलेले दात माझ्ने चलन छ । सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी ब्रत,पुजापाठ र भजन किर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्दछन । छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दिर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनि यो ब्रत राख्ने चलन रहेको सभावति पाण्डेयले बताईन । आफनी देउरानीसंग पुजा गर्न प्रहरी कार्यालयका परिसरमा पुगेकी उनले ३ छठ्ठी माताको ब्रत बस्ने परिवार कै फलीफाप हुने बिश्वास ब्यक्त गरिन । उपवास सके पछि हलो नजोतिएको खेतको अन्न अर्थात (तिन्नीको चामल) जंगली धानको चामलको भात र साग खाएर महिलाहरुले ब्रत गर्ने गर्दछन । ब्रतका बेला कुश सगै देवीहरुको मन्दिर पुजाआजा गर्ने प्रचलन छ । पुजाका लागी चिनी नहालेको दहि, हर्दी, चामल महुवा र चनाकालाई एकै ठाँउमा मुछेर प्रसाद बनाईन्छ । ब्रतालु प्रत्येक महिलाले ३ वटा पनास र ७ वटा महुवाको पातमा सो प्रसादलाई राखेर कुशलाई गर्ने गरिन्छ । कुशको पुजा गरी त्यसमा ६ वटा गाठो बाध्ने गरीन्छ कुशको सामुहिक पुजा सकिए पछि महिलाहरुले समहु बनाएर तीन छठ्ठी पर्वको कथा समेत सुनाउने गर्दछन् । ५ बर्षयता बर्षयता तीन छठ्ठी पर्व मान्ने महिलाहरुको संख्या बढदै गएको कपिलवस्तु नगरपालिका– २ जमुहार टोल की अनिता त्रिपाठीले बताईन । बैदिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए । तर पोखरीमा पानी नआए पछि उनले आफनो नातीको बली दिए पश्चात पोखरीमा पानी निस्किएको थियो । त्यस पछि राजाकी बुहारीले तीन छठ्ठी देवीको ब्रत राख्दा पुनः राजाको नाती जिबित भएको प्रसंग जोडी यो ब्रत गर्ने प्रचलन रही आएको छ ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६