ज्ञानेश्वर सहानी / नवलपरासी /१ भदौ
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ४ पाल्हीगाउँबाट ८ वटा गोरु तथा सरावल गाउँपालिका वडा न.५ जितपुरबाट १७ गोरु गाई हिन्दुवादी संगठन पाल्हीनन्दनले समाति प्रहरीलाई बुझाएको छ ।पाल्हिनन्दन गाउपालिकाको वडा नम्बर ६ को पडरी नाकाबाट सनई, बैरवा पाल्ही, प्रर्सिया, कुस्मा, सुगौली हुदै सरावल गाउँ पालिका जादै गरेको राति ३ बजे र पाल्ही गाउँबाट ८ गोरु तथा ५ जना तस्कर र Up 56 P 8645 नम्बरको बाईक समाति गेर्मी प्रहरी चाैकीलाई बुझाएको हिन्दुवादी संगठन पाल्हीनन्दनको हिर्देश गुप्ताले जनकारी दिनुभएको छ।
गेर्मी प्रहरी चाैकीले ८ वटा गोरु तथा ५ जना तस्कर र Up 56 P 8645 नम्बर को बाईक महेशपुर भन्सार कार्यालयमा बुझाएको गेर्मी प्रहरी चाैकीको असई लक्ष्मण रास्कोटिले जनकारी दिनुभएको छ ! सरावल गाउँपालिका वडा नम्बर.५ जितपुरमा हिर्देश यादव तथा बेचई यादवको घरबाट १७ वटा गोरु गाई समातेको गोबरहिया प्रहरी चाैकीले जनाएको छ।पाल्हिनन्दन गाउपालिकाको वडा नम्बर ६ को पडरी सनई, बैरवा ,पाल्ही, प्रर्सिया, कुस्मा, सुगौली नाका हुदै सरावल गाउँपालिकाका तिर जाने गरेको हिन्दुवादी संगठन पाल्ही नन्दनले जनकारी दिइएको छ ।








प्रतिक्रिया