प्रदेश

कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निर्णय आइतवार



भदौ २, काठमाण्डौ –
सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आउँदो आइतवार सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको हिजो बसेको संवैधानिक इजलासले निर्णय सुनाउने मिति आइतवारलाई सारेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार सुनुवाइका लागि समय अपुग भएपछि आइतवारका लागि निर्णय सुनाउने मिति तय भएको हो । कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गएको साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि हिजोको मिति तोकिएको थियो ।
यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र पालिकामा कर्मचारी समायोजन अन्योलमा परेको छ । सर्वोच्चले अन्तिम फैसला नसुनाउँदा लोकसेवा आयोगले निजामती सेवाका एक हजारभन्दा बढी पदमा तीन वर्षदेखि पदपूर्ति गर्न सकेको छैन ।
अदालतले एउटै प्रकृतिको मुद्दामा फरक–फरक आदेश दिएका कारण समायोजन प्रक्रिया, कर्मचारी पदपूर्ति र खटनपटनमा अन्योल छ । कर्मचारी व्यवस्थापन सङ्घीयतापछिको मुख्य चुनौतीका रूपमा देखा परेको छ ।

प्रकाशित : २ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६