प्रदेश

बञ्चरेडाँडामा फोहर फाल्ने विषयमा फेरि अन्योल



२ भदौ काठमाण्डौ – काठमाण्डौ उपत्यकाको फोहर बञ्चरेडाँडामा फाल्ने क्रममा भइरहेको अवरोध हटाउन सहमति भए पनि अन्योल भएको छ ।
काठमाण्डौ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको हिजोको बैठकले अवरोध हटाएर फोहर फाल्ने सहमति गरेको थियो । सहमति अनुसार काठमाण्डौ महानगरपालिकाले आज बिहानैदेखि फोहरका गाडी बञ्चरेडाँडा पठाउने तयारी गरेको छ ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले सहमति अनुसार फोहरका गाडी पठाउने बताउनुभयो । उहाँका अनुसार आज पनि सुरक्षाकर्मी भने खटिनेछन् ।
महानगरपालिकाले सहमति अनुसार फोहर पठाउने तयारी गरिरहे पनि ल्यान्टफिल्ड साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का बासिन्दाको अवरोध कायमै रहेको वडा अध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो विरोध प्रदर्शनका क्रममा पक्राउ परेका एक जनाको रिहाइ र अस्ति घाइते भएका एक जनाको उपचारको खर्च सरकारले बेहोर्नु पर्ने माग गर्दै स्थानीय बासिन्दाले अवरोध कायमै राखेका छन् । यस विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आज छलफल हुने वडा अध्यक्ष तामाङले बताउनुभयो ।

प्रकाशित : २ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६