प्रदेश

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै



२ भदौ काठमाण्डौ – सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे बालुवाटारमा बस्ने तयारी छ ।
आजको बैठक राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव तथा सिट बाँडफाँटलगायत विषयमा केन्द्रित हुनेछ । साथै सिट बाँडफाँट कार्यदलमा भएको छलफलको प्रगति विवरण पनि आजको बैठकमा पेस गर्ने तयारी छ । तर कार्यदलले सिट बाँडफाँटको आधार र सङ्ख्यामा ठोस प्रगति गर्न सकेको छैन ।
सिट बाँडफाँटको आधार र सङ्ख्याको प्रारम्भिक खाका बनाउने जिम्मा पाएका कार्यदल संयोजक कृष्णप्रसाद सिटौलले हिजोको बैठकमा प्रस्ताव पेस नगरेपछि गठबन्धनका शीर्ष नेताको बैठक बोलाइएको हो । साउन मसान्तभित्र प्रारम्भिक प्रस्ताव बनाउने जिम्मा पाएको कार्यदल निष्कर्षविहीन अवस्थामा छ ।
गएको साउन २० गते सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गर्ने निर्णयसहित कांग्रेसबाट तीन र अन्य दलबाट दुई–दुई जना रहने गरी ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

प्रकाशित : २ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६