बिकास थापा
कपिलवस्तु २ भदौ ।बहुप्रतिक्षित रुपमा रहेको स्थानिय भू-उपयोग कार्यान्वयन समिति गठन संगै समितिले बाणगंगा नगरमा पूर्णता पाएको छ । बिहिबार बाणगंगा नगरपालिकाको समग्रमा १२३ औ र चालु आर्थिक बर्ष अन्तर्गतको प्रथम कार्यपालिका बैठकवाट पूर्णता दिइएको हो । समितिले पूर्णता पाएसंगै यस समितिले स्थानिय भूृउपयोग ऐन २०७६ को दफा २० को खण्ड ६ बमोजिम नगरका जमिनहरुलाई बर्गिकरण गर्ने नगरपालिका प्रबक्त एवम वडा नं २ का वडा अध्यक्ष बिष्णु पौडेलले बताउनुभयो । समितिको संयोजकमा नगरका उपप्रमुख र सदस्यहरुमा वडा अध्यक्षहरु पदेन सदस्यमा रहनुभएको छ । यस्तै कार्यपालिका बैठकले समितिमा ४ जनालाई छनौट गरि समितिको जिम्मेवारी दिईएको छ ।

जसमा भेषराज पाण्डे वडा नं ४ , ताराजन घिमिरे वडा नं २ ,ईन्दिरा पन्त वडा नं ४ र बिष्णु मल्ल वडा नं ८ बाट रहनुभएको छ । यस्तै भूमिहिन दलित ,भूमिहिन सुकुम्बासी र अब्यवस्थितहरुको पालिका स्तरिय सहजीकरण समिति पनि गठन भएको छ । नगर प्रमुखको अध्यक्षतामा वडा अध्यक्षहरु , कार्यपालिका सदस्यबाट मध्येबाट शारदा परियार र १ अल्पसंख्यकबाट दिलबहादुर सुनारलाई मनोनित गरि यो समितिलाई पनि पूर्णता दिएको प्रबक्ता पौडेलले बताउनुभयो । यस्तै यस समितिले निस्सा प्रदान गरेकाहरुको जग्गाको नापि नक्सांकन गर्ने उहाको भनाई रहेको छ ।
यस्तै वडा अध्यक्षको अध्यक्षतमा वडा स्तरिय सहजीकरण समिति पनि गठन गर्ने निर्णय भएको छ । यसमा नगरपालिकामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनितिक दलहरुलाई एक एक जना प्रतिनिधि राख्ने जनाईएको छ । नगरमा करिब ७ हजारको हारहारीमा निस्सा प्रदान गरिएको उहाको भनाई छ । यसैगरि कार्यपालिका बैठकले बर्खायामको समयमा बिभिन्न वडाका बस्तीहरुमा जाने सडकहरुका जिर्ण भएकोले सडक मर्मतका लागि बजेट बिनियोजन गरिएको छ ।
वडाको बजेट सिलिङका आधारमा बजेट बिनियोजन गरिएको प्रबक्ता पौडेलले बताउनुभयो । अन्य बिबिध बिषयमा पनि छलफल भएको छ । यस्तै कार्यपालिका बैठकले भर्खरै बाणगंगा नगरको प्रमुख प्रशासकिय अधिकृतको रुपमा पदभार सम्हाल्न आउनुभएका खिमानन्द भूषाललाई पनि स्वागत गरिएको छ । कार्यपालिका बैठकमा नगर प्रमुख चक्रपाणी अर्याल , उपप्रमुख रिता कुमारी चौधरी ,वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु संगै कर्मचारीहरुको उपस्थिती रहेको थियो ।








प्रतिक्रिया