काठमाडौं ३ भदौ ।पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा १० वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा एक जना घाइते भएका छन्। चारवटा पशुचौपाया क्षति भएको छ।प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चार स्थानमा आगलागी, तीन स्थानमा पहिरो, एक स्थानमा चट्याङ, एक स्थानमा डुङ्गा दुर्घटना र एक स्थानमा बाढीका घटना भएका छन्। घटनाबाट ६ करोड ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
३ भाद्र २०७९, शुक्रबार








प्रतिक्रिया