प्रदेश

सांसद प्रदीप गिरिको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित



काठमाण्डौ ६ भदौ – प्रतिनिधि सभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आज सोमवार बसेको बैठकले प्रतिनिधि सभा सदस्य (सांसद) गिरिको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । प्रतिनिधि सभाको अर्को बैठक भदौ ७ गते मङ्गलवार बिहान १० बजे बस्ने गरी बोलाइएको छ ।
यसअघि राष्ट्रिय सभाले पनि प्रतिनिधि सभा सदस्य गिरिको निधनप्रति गहिरो दुस्ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक भदौ १२ गते आइतबार अपराह्न १ बजेका लागि बोलाइएको छ । गिरिको उपचारका क्रममा गएको शनिवार राति साढे ९ बजे ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
गिरि नेपाली कांग्रेस पार्टीबाट विसं २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो । त्यस्तै विसं २०६४ र २०७० सालको संविधान सभा चुनावमा समानुपातिक तर्फबाट निर्वाचित हुनुहुन्थ्यो भने विसं २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं। १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित : ६ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६