प्रदेश

एमालेसँग एकता गरेका थियौँ तर चकनाचुर भयो : प्रचण्ड



चितवन ९ भदौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना पूरा नभएको दाबी गर्नुभएको छ । आज बुधवार चितवनको माडीमा पुगेर हुलाकी सडक अन्तर्गतको रतनी खोला पुलको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विकासको सपना देखेर एमालेसँग पार्टी एकता गरेको र केपी ओलीलाई आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएको बताउनुभयो ।
उहाँले माडीमा आएर केपी ओलीले मणि बनाउँछु भने पनि विकासका काममा अवरोध सिर्जना गरिरहेको दाबीसमेत गर्नुभयो । सोचेजस्तो रूपमा माडीको विकास नभए पनि विकासले गति लिएको अध्यक्ष प्रचण्डको भनाइ थियो । शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा माडीले फड्को मारेको उहाँले बताउनुभयो । दुई जना मन्त्रीसहित माडी पुग्नुभएका प्रचण्डले एक पटक आफूलाई साथ दिन माडीवासीलाई अनुरोध गर्नुभयो ।

प्रकाशित : ९ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६