काठमाण्डौ ९ भदौ – नेपाल र बङ्लादेशबीच विद्युत् व्यापार सम्झौताको तयारी भएको छ । दुई देशबीच हिजो काठमाण्डौमा भएको ऊर्जा सहसचिवस्तरीय बैठकमा विद्युत् व्यापार सम्झौता गर्ने सहमति भएको छ । आज बस्ने दुई देशको सचिवस्तरीय बैठकले अन्तिम रुप दिएपछि सम्झौताको प्रक्रिया अघि बढ्नेछ । बङ्लादेशले अहिले चर्को ऊर्जा सङ्कट भोगिरहेको छ । बङ्लादेशसँग विद्युत् व्यापारका लागि भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले भारतको सहमति खोज्ने तयारी छ ।
नेपाल र बङ्लादेशबीच विद्युत् व्यापारका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरण, पावर ग्रीड कर्पोरेशन अफ इन्डिया र पावर सिस्टम अपरेटर कर्पाेरेशनसँग अनुमति चाहिन्छ । सहसचिवस्तरीय बैठकमा सुनकोसी–३ जलविद्युत् आयोजना संयुक्त रुपमा कम्पनी खडा गरेर बनाउने विषयमा पनि छलफल भएको छ ।
९ भाद्र २०७९, बिहिबार








प्रतिक्रिया