पर्यटन

जि.स.स.ले श्रोत साधनको दीगो उपयोगमा पालिकालाई दिशानिर्देश गर्छ :प्रमुख आचार्य




पार्वती पाण्डे
कपिलवस्तु ९ भदौ ।जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले जिससले प्राकृतिक श्रोत साधनको दीगो उपयोगमा स्थानीय पालिकालाई दिशानिर्देश गर्ने वताउनु भएको छ । उहाले श्रोत साधनसंग सम्बन्धित सूचनालाई व्यवस्थित र सहज बनाउने बताउनु भएको छ । जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिका सँग निरन्तर सम्पर्क समन्वय गरि पालिका भरको सुचना डकुमेन्टेसन गर्ने बताउनु भएको छ । पालिकाले गरेको प्रगति बिवरण लिने र कार्यालयमा व्यवस्थित गर्ने उहाँले बताउनु भएको छ ।
जिल्ला समन्वय समितिका काम भनेकै सबै पालिका सँग सम्पर्क समन्वय गर्ने , तथ्यांक लिने र कार्यालयमा व्यवस्थित गर्ने निकाय हो उहाले भन्नु भयो ।संघिय सरकारले धेरै जसो तथ्य तथ्यांक जिसससंग माग्ने भएकाले सूचना ब्यवस्थापनमा विशेष पहल गरेको उहाँको भनाइछ । यहि अनुसार नै हामी काम गर्ने छौ , पत्रकारले कुनै विषयको जिल्लाको तथ्यांक लिदा जिल्ला समन्वयबाटै पाउने छन , उहाँले भन्नु भयो । जिल्ला समन्वय समिति जिल्लाकै महत्वपुर्ण निकाय भएकोले यस कार्यालयले जिल्लाभरको तथ्यांक अपडेट गरिने छ , जसका कारण कुनै पनि सुचना , तथ्यांक लिन जोसुकै नागरिकलाई सहज हुने छ , प्रमुख आचार्यको भनाई छ ।
नदी जन्य पदार्थको ब्यवस्थित उत्खनन र वितरणलाई कडाईका साथ अनुगमन गर्ने उहाँले बताउनु भयो । अहिले सम्म जे जे भए ठिक बेठिक जे सुकै भए होलान भन्दै अव भने नदिजन्य पदार्थको अनुचित दोहोनलाई रोक्ने ,उत्खननको स्थलगत अनुगमन गरि पालिका सँग समन्वय गर्ने जनाउनु भयो । समितिले जिल्लाका पालिकाहरुको विकास निमार्णका कामको समेत अनुगमन गर्ने र पृष्ठपोषण प्रदान गर्ने उहाँले वताउनु भयो । आफ्नो पाँच वर्षे कार्यकालमा राम्रो काम गरेर जनताको मन जित्ने अपेक्षा लिएको बताउदै सकारात्मक सुझाव ,समन्वय र सहकार्यमा जिल्लावासीको सहयोगको अपेक्षा पनि गर्दछु , उहाँले भन्नु भयो । कार्यालयले जिल्ला भित्रका प्राकृतिक प्रकोप तथा बिपद व्यवस्थापन सम्बन्धि योजना र कार्यको समन्वय गर्ने छ ।

प्रकाशित : ९ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६