प्रदेश

अमर पुन भन्छन्, लुम्बिनी प्रदेशमा गठबन्धनको सिट बाँडफाँट सजह रुपमा हुन्छ




बुटवल, ०९ भाद्र ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन दलहरुबीच सिट बाँडफाँट सहज रुपमा गर्ने नेताहरुले प्रतिवद्धता जनाएका छन् । उनीहरुले दलहरूको सांगठनिक हैसियत र विगतमा पाएको मत आधारमा सिट बाँडफाँट गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै काँग्रेसका लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले गठबन्धनभित्रको दलको संगठनिक हैसियत बुझ्ने र जित्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाइने बताए । आगामी चुनावमा गठबन्धनमा जान नेपाली काँग्रेस तयार रहेको तर सबै ठाउँमा दलहरूको हैसियतको आधारमा सिट बाँडफाँट गर्दा जित्न सकिने उनको भनाइ छ ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धन एमालेसँग एक्लै लड्न नसक्ने अवस्थामा रहेकाले बाध्य भएर गठबन्धन बनाएको बताए । उनले देश र जनताको पक्षमा गठबन्धन नरहेको पनि जिकिर गरे । नेता श्रेष्ठले नागरिकता ऐन, एमसीसी, एसपीपी जस्ता कुरालाई गठबन्धनले बढावा दिएर देशका लागि अहितपूर्ण काम गरेको आरोप लगाए । एमाले बलियो भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले एमालेले बहुमत ल्याउने पनि जिकिर गरे ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीले नेपाली राजनीतिमा विश्वासको संकट भएको बताए । उनले अघिल्लो स्थानीय तहको चुनावलाई हेर्दा पार्टीभित्र र गठबन्धनमा विश्वासघात भएको केलाउँदै गठबन्धन भित्रका दलहरुले विश्वासको वातावरण सिर्जना गर्नुपर्ने बताए । साक्षात्कारमा नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङले एउटै दलका नेताले चुनाव जित्दा अहंकार बढ्दै गएको बताउँदै आगामी चुनावमा युवा पुस्तालाई जिताउनु पर्ने औंल्याए ।

प्रकाशित : ९ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६