अर्घाखाँची, १० भदौ ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ अर्घाखाँचीको आयोजनामा आर्थिक वर्ष २०७९र८० को स्वीकृत वाषिर्क कार्यक्रम अनुसार बाख्रापालन तथा ब्यबस्थापन सम्बन्धि एकदिने स्थलगत घुम्ती तालिम शुक्रबार भुमिकास्थान नगरपालिका वार्ड न १ को बालशिक्षा माध्यमिक विधालय साम्नेगाउँमा सम्पन्न भएको छ ।
घुम्ती तालिमको उद्घाटन भुमिकास्थान नगरपालिका वार्ड न १ का सदस्य मेघराज खनालले गर्नुभएको थियो ।
तालिममा परियोजना कार्यालय प्रमुख रामनाथ पाण्डे प्रशिक्षक द्वय प्रमोद भट्टराई मनिष महतरा ले कसरी व्यबस्थित रूपमा बाख्रापालन गर्न सकिन्छ र बाख्रापालन गर्दा किसानहरुले ध्यान दिनुपर्ने कुरामा प्रशिक्षण दिनुभएको थियो ।
उक्त कार्यक्रममा जम्मा तीस जना प्रशिक्षार्थिको सहभागिता रहेको थियो जसमध्ये सात महिला र तेईस पुरुष कृषकहरु रहेका थिए ।
सोही तालिमको अवसरमा तालिम सम्पन्न पश्चात् करिव एकहजार बाख्रालाइ बाहिरी तथा भित्री बाख्राका परजिवी हरुको लागि औषधि समेत वितरण गरिएको थियो । कार्यक्रम परियोजना कार्यालय प्रमुख रामनाथ पाण्डेको अध्यक्षता र प्रमोद भट्टराईको सन्चालनमा सम्पन्न भएको थियो ।








प्रतिक्रिया