प्रदेश

नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु, यस्ता छन ४ मापदण्ड



काठमाडौं, ११ भदौ । नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु भएको छ । आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने लिगका लागि नेपाल क्रिकेट संघ क्यानले चार मापदण्डसहित खेलाडी दर्ता प्रक्रिया सुरु गरेको हो ।

क्यानका अनुसार तीन क्याटेगोरीमा खेलाडी दर्ता हुनेछन् । खेलाडी दर्ताको समय यही भदौ १५ गतेसम्म तोकिएको छ । नेपाल टी २० डट कमको प्लेयर रजिष्टेसनमा गएर फर्म भर्न सकिनेछ ।

यस्ता छन् मापदण्ड

– खेलाडीले सन् २०१८ देखि नियमितरुपमा राष्ट्रिय खेलकुद, पीएम कप तथा मेयर कप खेलेको हुनुपर्ने

– सन् २०१८ देखि नेपालको यू १९ टिमका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेको हुनुपर्ने

– सन् २०१८ देखि सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेका खेलाडीलाई प्राथमिकता दिइने

– सन् २०१८ देखि फ्रेन्चाइज लिग खेलेका खेलाडीलाई प्राथमिकता दिइने

प्रकाशित : ११ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६