रोल्पा, १२ भाद्र । रोल्पाको माडी खोलामा जीप खस्दा एक जना बेपत्ता भएका छन् । एक जना घाइते भएका छन् । बेपत्ता हुनेमा जीप चालक नुवाकोट ककनी–३ का बुद्धिबहादुर लामा रहेका छन् भने बैतडी पाटनका मनोज चन्द घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । रोल्पाको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्तीगाउँका लागि छुटेको बा ७ च ५००२ नम्बरको जीप सडकबाट करिब एकसय मिटर तल माडी खोलामा खसेको हो ।अहिले नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेको छ । दुर्घटना भएको गाडी शहीदमार्ग सडक आयोजनाका निर्माण व्यवसायीको भएको इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो ।








प्रतिक्रिया