प्रदेश

‘अफ सिजन’ मा पनि लुक्लामा हवाई उडान बाक्लियो



सोलुखुम्बु, १२ भाद्र । सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडानको सङ्ख्या बाक्लिएको छ । ‘अफ सिजन’मा खुम्बु भ्रमणमा आउने विदेशीको सङ्ख्या बढेसँगै लुक्लामा हवाई उडानको सङ्ख्या बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला सोलुखुम्बुले जनाएको छ । यस वर्ष दैनिक ५ देखि ७ वटासम्म उडान भइरहेको प्राधिकरणका प्रमुख द्वारीका अछामीले बताउनुभयो।

विमानका प्रायजसो यात्रुहरुमा विदेशी पर्यटकहरु नै रहेको उहाँको भनाइ छ । अछामीले भन्नुभयो–‘अघिल्लो वर्षहरुमा त यो मनसुन सिजनमा मुस्किलले दिनमा एउटा जति मात्रै उडान हुन्थ्यो, तर यो वर्ष त चाप अधिक छ । मौसमले चाँहि अलिक चुनौती दिरहेको छ, नत्र उडान र यात्रुको सङ्ख्या राम्रो छ ।’

पर्यटकको सङ्ख्या बढेसँगै सिजनमा मात्रै उडान भर्ने विमान कम्पनीहरुले समेत अहिले उडान तालिका बनाएका छन् । पर्यटकीय सिजनमा निक्कै व्यस्त हुने यस विमानस्थल ‘अफ सिजन’मा फुर्सदिला हुने गर्थे। ‘स्प्रिङ’ सिजनका रुपमा वैशाख, जेठ, असार र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

सिजनमा पर्यटकले भरिभराउ हुने यो क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ । तर यस वर्ष भने सिजन सकिएपछि पनि फाट्टफुट्ट पर्यटकहरु आइरहेका खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । कोरोना कहरका कारण लगातार दुई वर्षसम्म भ्रमणमा निस्कन नपाएका विदेशी पर्यटक अहिले आउने क्रम बढेको हो । पर्यटक बढेसँगै सगरमाथा क्षेत्रको विमानस्थल, होटल लगायत भ्रमण क्षेत्रहरु समेत चलायमान भएको छ ।

प्रकाशित : १२ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६