प्रदेश

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकको सन्देश राष्ट्रिय सभामा टेबुल



काठमाण्डौ, १२ भाद्र । – राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुभएको नागरिकता विधेयकको सन्देश राष्ट्रिय सभामा टेबुल भएको छ । यसअघि सङ्घीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालयमा पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता गर्नुभएको थियो ।

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा लेखेको सन्देश वाचन गर्नुभएको हो । राष्ट्रपतिले प्रमाणीकरणका लागि प्राप्त भएको १४ दिनपछि गएको साउन २९ गते प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको थियो । फिर्ता भएको विधेयकलाई प्रतिनिधि सभाले भदौ २ गतेको बैठकबाट जस्ताको तस्तै पारित गरेको थियो । प्रतिनिधि सभाबाट पारित भएपछि विधेयक राष्ट्रिय सभामा पुगेको हो । राष्ट्रिय सभाको आजकै बैठकमा प्रतिनिधि सभाबाट विधेयक पारित भएको सन्देश पनि सुनाइने कार्यसूची छ ।

प्रकाशित : १२ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६