कपिलवस्तु, १२ भाद्र ।
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले तिज बिसेष शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको बाणगंगा नगरपालिका स्थित द गार्डेन होटल दरखास्तमा कार्यक्रम सम्पन्न गरेको हो । शुभकामना आदान प्रदानले होटल तथा पर्यटन व्यवसायी संघमा आवद्धता रहेका सम्पुर्णको पारिवारीक मिलन तथा भाईचाराको सम्बन्ध कायम गरेको संघका अध्यक्ष रविन्द्र पौडेलले बताउनु भयो । उहाँले होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु जुनसुकै परिस्थितीमा पनि एकजुट रहेको संन्देस प्रवाह भएको उहाँको भनाई छ । एस.एस क्याटरिङ्ग र पंजाबि तड्का रेष्टुरेण्टको सहयोगमा सनिवार कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा करिब १ सय भन्दा बढिको उपस्थिती रहेको थियो ।
१२ भाद्र २०७९, आइतबार








प्रतिक्रिया