ब्रेकिंग न्युज

सिट बाँडफाँटमा गठबन्धनभित्र चर्काे बिवाद



काठमाडौं, भदौ १२ । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटको बिषयमा चर्काे बिवाद देखिएको छ । एमालेसँग एक्लै चुनाव लडेर जित्न नसकिने निश्कर्षसहित गठबन्धन गर्ने निर्णय गरेको पाँच दलीय गठबन्धनभित्र सिट संख्याको दाबीबाट कुनै दल पछि हट्न तयार नभएपछि चर्काे बिवाद देखिएको हो ।आ–आफ्नै अडानकै कारण सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धी कार्यदल बैठकमा आज पनि कुनै प्रगति हुन सकेन । सहमति नभएपछि अहिलेसम्म कार्यदलमा उठेका विषय शीर्ष तहलाई जानकारी गराउने सहमति गर्दै बैठक सकिएको छ । बैठकले अर्को बैठक कहिले बोलाउने निर्णय गर्ने अधिकार नेपाली कांग्रेसलाई दिइएको छ ।

सिट बाँडफाँटका लागि बनेको कार्यदलको बिहीबार बसेको बैठकमा कांग्रेसले १०० सिट छाडन नसकिने बटमलाइन सुनाएको छ भने नेकपा माओवादी केन्द्रले ६० सिट दाबी गरेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले ४० सिट, जनता समाजवादी पार्टीले ३२ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ ।बैठकमा सहमति जुटन नसकेकै कारण माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले भाउ खाए एमालेसँग मिल्ने धम्की दिनुभएको पाइएको छ । कांग्रेस गलाएर आफूले भनेजति सिट लिन प्रचण्डको यो भनाई आएको बुझाइ कांग्रेसको रहेको छ ।

प्रकाशित : १२ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६