प्रदेश

कांग्रेस पदाधिकारीले राष्ट्रपतिलाई भेट्न दिउँसो २ बजे सितल निवास जाने



काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्दैछन् ।भण्डारीलाई भेट्न देउवा पार्टी पदाधिकारीसहित दिउँसो २ बजे राष्ट्रपति भवन शितल निवास जाँदैछन् ।


‘राष्ट्रपति भण्डारीलाई भेट्न जाने खबर भर्खरै आयो,’ कांग्रेसका एक पदाधिकारीले भने,‘सरकारको प्रमुखभन्दा पनि कांग्रेसको पार्टी सभापति र पार्टी पदाधिकारीको हैसियतमा उहाँलाई भेट्न जान लागेका हौं ।’

उनले भेटको एजेण्डाका बारेमा भने आफूहरुलाई केही जानकारी नदिइएको बताए । नागरिकताको विधेयकको विषयलाई लिएर पछिल्लो समय सत्तारुढ दल राष्ट्रपति कार्यालयबीच दूरी बढेको छ ।

प्रकाशित : १३ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६