प्रदेश

बिजयनगरले ल्यायो कपिलवस्तुमा पहिलो पटक नि:शुल्क भिडियाे एक्सरे सेवा



कपिलवस्तु, १३ भाद्र । विजयनगर गाउँपालिकाको गुगौलि स्वास्थ्य चौकिमा ग्रामिण भिडियो एक्स–रे सेवा सन्चालनमा आएको छ । कपिलवस्तुमा यो सेवा प्रदान गर्नि दोस्रो पालिका रहेको छ । आज एक कार्यक्रमका बीच विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले ग्रामिण भिडियो एक्स–रे सेवाको उद्घाटन गर्नुभएको छ । साथै थापाले गुगौलि स्वास्थ्य स्वास्थ चौकीकी अनमि सुमित्रा थापालाई भिडियो एक्स(रे मेसिन हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकाबाट भिडियो एक्स–रे सेवाको लागि अन्यन्त्र जानुपर्ने र बाहिर जाँदा महंगो पर्ने बताउँदै थापाले गाउँपालिकामै यस्तो सेवा सुचारु भएको र त्यो पनि निःशुल्क भएकाले गाउँपालिकाबासीले प्रशस्त लाभ लिन सक्ने बताउनु भयो। उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिदै बिरामीलाई छिटोछरितो सेवा प्रवाह गर्न उक्त मेसिनले सहयोग पुग्ने बताउँदै थापाले स्वास्थ्य जस्तो संवेदनशील ठाउँमा सेवा प्रभावकारी बनाउन आफू सदैव सहयोग गर्न तत्त्पर रहने बताउनुभयो। गर्भवतीका लागि भिडियो एक्सरे सेवा कै लागि टाढाटाढा धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छौँ’, थापाले बताउनुभयो ।

यस्तै बिजनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अब गर्भवती महिलाले पालिका बाहिर गएर चेक जाच गर्नु पर्ने बाध्याता हटेको र आमा र बच्चा को स्वस्थ्य पनि राम्रो रहने बताउनुभयो।

प्रकाशित : १३ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६