प्रदेश

दाङमा चट्याङ लागेर दुई जनाको ज्यान गयो, १२ जना घाइते



दाङ, १५ भाद्र । दाङमा हिजो राति चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । अन्य १२ जना घाइते छन् । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको ज्यान गएको हो ।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले घटनास्थलमा फोन सम्पर्क हुन नसकिरहेको हुँदा विस्तृत विवरण आउन नसकेको बताउनुभयो । आज बिहान वडाध्यक्ष दोणर्बहादुर बहकरी क्षेत्रीलाई घटनाबारे जानकारी आएपछि प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

प्रकाशित : १५ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६