प्रदेश

रुपन्देहीमा खेतमा फालिएको अवस्थामा नवजात शिशु फेला



बुटवल, १५ भाद्र । रुपन्देहीको शुद्धोधनमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। शुद्धोधन गाउँपालिका ४ स्थित फर्साटिकर थारु गाउँ नजिकै खेतमा सोमबार विहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

शिशुलाई उद्दार गरी मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको थियो। लगत्तै शिशुलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो । चिकित्सकले शिशुको अवस्था समान्य र स्वस्थ रहेको बताएपछि पुनः प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। शिशु कसले जन्माएर फालेको भन्ने बारे खोजी भैरहेको प्रहरी प्रवक्ता अर्यालले बताए ।

प्रकाशित : १५ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६