प्रदेश

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग भोलि थप बयान लिइने, आज ४ वटा प्रश्नको मात्रै जवाफ



काठमाण्डौ, १५ भाद्र । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाअभियोग सिफारिस समितिले भोलि बिहीवार पनि बयान लिने भएको छ । आज बुधवार बयान नसकिएपछि थप बयान भोलि लिने निर्णय भएको समितिले जनाएको छ । समितिको अर्को बैठक भोलि बिहान ११ बजे फेरि बस्नेछ ।

महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्न बनाएको छ । त्यस्तै नेपाल बार एसोसिएशनले पठाएको प्रमाणका आधारमा थप २१ वटा प्रश्न तय गरिएका छन् । निलम्बित प्रधानन्यायधीश जबराले आज चार वटा प्रश्नको मात्रै जवाफ दिनुभएको छ । थप प्रश्नमा भोलि जवाफ मागिने छ ।

बयानमा निलम्बित प्रधानन्यायाधीश जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको दाबी गर्नुभएको छ । उहाँले संसदीय नियम, कानुन र अभ्यासको पालना नभएको र प्रचलित कानुनअनुसार आफ्नो महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको तर संसदको सम्मानका लागि मात्रै आफू समितिमा आएको बताउनुभयो ।

उहाँले कुनै एक व्यक्तिलाई प्रधानन्यायाधीश बनाउनकै लागि आफूमाथि महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै न्यायालयलाई राजनीतिमा तान्ने काम दलहरूले नै गरेको समेत आरोप लगाउनुभएको छ । आफूले गरेका सबै फैसला र अदालती काम संविधानले दिएको अधिकार र न्यायालयको मर्यादाअनुसार नै भएको जबराको दाबी छ ।

प्रकाशित : १५ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६