हेटौँडा , १८ भाद्र । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका-१० राप्ती पुल नजिकैबाट आज शनिबार ७४ किलो ७० ग्राम गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका-३ बर्मानगरका ३४ वर्षीया चन्द्रकुमारी श्रेष्ठ छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश०१-०२५च १९४२ नंको तरकारी बोक्ने गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो।
प्रहरीले उनीहरूको साथबाट ३१ हजार रुपैयाँ पनि बरामद गरेको छ।
१८ भाद्र २०७९, शनिबार








प्रतिक्रिया