प्रदेश

जसपाकी केन्द्रीय सदस्य चौधरी माओवादीमा प्रवेस



दाङ, १८ भदौ । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य लक्ष्मी चौधरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । उहाँलाई पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले स्वागत गर्नुभएको थियो ।

भालुवाङमा जारी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको लुम्बिनी प्रदेश समितिको बैठकका क्रममा चौधरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । चौधरी जसपाको लुम्बिनी प्रदेश सचिव पनि हुनुहन्थ्यो । उहाँ भरखरै जिल्ला भूमि आयोगको विज्ञ सदस्यको रुपमा नियुक्त हुनुभएको थियो ।

पार्टी प्रवेश गर्दै लक्ष्मी चौधरीले नेकपा माओवादीबाटै जनजाति अधिकारको लागि थप आन्दोलन गर्न सहज हुने र जनआन्दोलनमा माओवादीको भूमिका ठूलो भएको बताउनुभयो । उहाँले अब माओवादीमा रहेर सङ्गठन विस्तारमा लाग्ने बताउनुभयो ।

चौधरीलाई स्वागत गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महराले उहाँलाई पार्टीले उचित जिम्मेवारी दिने बताउनुभयो । जसपाबाट बावुुराम भट्टराई अलग भइसकेपछि उपेन्द्र यादव नेतृत्वको जसपाले उहाँलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । चौधरी लामो समयदेखि आदिवासी जनजाति आन्दोलनमा खारिएको नेतृ हुनुहुन्छ ।

प्रकाशित : १८ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६