प्रदेश

सिट बाँडफाँटमा कांग्रेस ८० र माओवादी ६० को वरिपरि सहमत हुने प्रचण्डको दाबी



काठमाण्डौ, २१ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँटको विषय अन्तिम टुङ्गोमा पुगेको दाबी गर्नुभएको छ । आज कैलालीको धनगढी पुग्नुभएका प्रचण्डले पत्रकारसँगको कुराकानीमा कांग्रेस ८० र माओवादी ६० को वरिपरि सहमत हुने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो,‘कांग्रेसको दाबी सय सिटमा भए पनि ८० वरपर र माओवादी ६० वरपर हुने गरी मिलाउने प्रयास भइरहेको छ, केही तलमाथि हुनसक्छ ।’ एकीकृत समाजवादीले २५ र जसपाले २५ दाबी गरेको आधारमा सबै पार्टीका प्रतिनिधि बसेर प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभा क्षेत्रसम्म एकसाथ टुङ्गोमा पुग्ने उहाँको भनाइ छ ।

सिट बाँडफाँटको अन्तिम टुङ्गो शीर्ष तहमा बसेर लगाउने पनि उहाँले जानकारी दिनुभयो । यसैबीच प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउनेबारेमा सरकार र गठबन्धनले त्यसलाई अगाडि नबढाउने निर्णय भएको बताउनुभएको छ । उहाँले यो प्रस्ताव आजै फिर्ता हुने समेत जानकारी दिनुभयो ।

प्रकाशित : २१ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६