काठमाण्डौ, २१ भाद्र । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट–सुस्तापूर्व ले एक करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।
गोप्य सूचनाका आधारमा हिजो बेलुका नवलपुरको कावासोती–१६ चालिस किलो जङ्गलबाट अवैधरूपमा भित्र्याउँदै गएको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार ना ३ ख ५१६८ नम्बरको ट्रकबाट १ करोड २६ हजार नौ सय ९० रुपैयाँ बराबरको अवैध सामग्री बरामद भएको हो ।
ट्रकमा लुकाएर ल्याइएको बिलविनाका लत्ताकपडा, चिनी तथा युरिया मल बरामद गरिएको उहाँले जानकारी दिनुभयो । बरामद गरिएका सामान र ट्रक चालकलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको पनि पाठकले जानकारी दिनुभयो।
तस्बिरः जिल्ला प्रहरी कार्यालय नवलपरासीको फेसबुक








प्रतिक्रिया