प्रदेश

राष्ट्रियसभा बैठकमा शिक्षा, स्वास्थ्य र यातायात सुधारका कुरा समेटियो



काठमाडौं, २१ भाद्र । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले आगामी संघ र प्रदेशको निर्वाचनमा महिलाहरूलाई धेरैभन्दा धेरै प्रत्यक्षतर्फ उम्मेदवारी दिलाउन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले डेंगु देशभर फैलिएकाले महामारी हुन नदिनका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने, किटनाशक औषधि छर्कने र सचेतना जगाउने काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘डेंगुको सङ्क्रमण अहिले ७५ जिल्लामा फैलिएको छ । यो महामारी हुनबाट रोक्न तीन तहका सरकारको ध्यान किन गएको छैन ? लामखुट्टेको लार्भा नष्ट गर्ने, किटनाशक औषधी छर्कने र सचेतना जगाउने कार्य यथाशीघ्र होस् भनी ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यस्तै, राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले सरकारी विद्यालयमा कार्यरत लेखापालहरूको सेवा, सुविधा र पारिश्रमिक उनीहरूको तह अनुसार मिलाउनका लागि सरकारसँग माग गर्नुभयो। उहाँले शिक्षा क्षेत्रको विकृति र विसङ्गतिको अन्त्य गर्न तत्काल संघीय शिक्षा ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यता राष्ट्रिय सभा सदस्य नन्दा चपाईँले सवारी साधनहरू अव्यवस्थित रूपमा रहेको भन्दै सवारी साधनको व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यसका निम्ति आवश्यक कानुन निर्माण गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रकाशित : २१ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६