प्रदेश

भूकम्पमा परी चीनमा ६५ जनाको मृत्यु



काठमाडौं, २१ भाद्र ।

चीनको सिचुवान प्रान्तमा गएको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी टेलिभिजन सीसी टिभीले ६५ जनाको मृत्यु पुष्टि भएको र करिब २५० जना घाइते भएको जनाएको हो । १२ जना सम्पर्कविहीन भएको समाचारमा उल्लेख छ ।

सोमबार सिचुवान प्रान्तको राजधानी चेङ्दुमा ६।८ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको इपिसेन्टर चेङ्दुबाट २२६ किलोमिटर दक्षिण पश्चिममा पर्ने पहाडी क्षेत्र लुडिङ भन्ने स्थानमा रहेको चीनको अर्थक्वेक नेटवर्कले जनाएको छ । भूकम्प पछिको परकम्प मंगलबार पनि महसुस भएको थियो ।

भूकम्पका कारण गान्जीमा ३७ जना र यान शहरमा २८ जनाको ज्यान गएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । भूकम्पका कारण वस्तीहरुमा सन्चार सम्पर्क विच्छेद भएको थियो । पहाडी क्षेत्रमा पहिरो गएर सडक पनि अवरुद्ध भएको थियो ।

सिचुवान प्रान्त सरकारले भूकम्प प्रभावित क्षेत्रमा ५ सय बढी उद्धारकर्मीहरुलाई परिचालन गरिएको जनाएको छ । प्रभावितहरुलाई अस्थायी सेल्टरमा राखिएको छ ।

प्रकाशित : २१ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६