प्रदेश

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको ३ महिना, ११ हजार यात्रुले लिए उडान अवतरण सेवा




रुपन्देही, २१ भाद्र ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ३ महिनामा ११ हजार यात्रुले उडान अवतरण सेवा लिएका छन् । विमानस्थलका अनुसार ३ महिनायता यो विमानस्थलमा पाँच हजार तीन सय ४५ यात्रु अवतरण भएका छन् भने ६ हजार एक सय २० यात्रुले उडान सेवा लिएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० प्रतिशत यात्रु तराई क्षेत्रबाट वैदेशिक रोजगारका लागि जाँदै आएका छन् ।

असोजको दोस्रो साता देखि हंगेरीको विज एयरले पनि यो विमानस्थलमा साताको ३ वटा उडान गर्ने योजना बनाएको विमानस्थलले जनाएका छन् । यो विमानस्थलमा कतार, अमेरिका, सिंगापुर लगायत देशमा सञ्चालित कम्पनीले चासो देखाएर अनौपचारिक कुराकानी बढाउँदै आएको प्राधिकरणले जनाएको छ। पछिल्लो समय नागरिक उड्डयन प्राधिकरणको निर्देशन अनुसार नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिएसँगै जजिराले साताको सातवटा उडान गर्ने तयारीमा छ।

यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै आएको कुवेतको जजिरा एयरवेजलाई उडान सङ्ख्या विस्तारका लागि स्विकृति दिएको छ । जेठ २ गतेबाट साताको ३ वटा उडान गर्दै आएको जजिरालाई प्राधिकरणले असोज देखि कार्तीकको दोस्रो सातासम्म लागू हुने गरी साताको सातवटा उडान भर्न स्विकृति दिएको हो । विमानस्थलबाट उडान गर्ने यात्रुले कोभिड मार्गनिर्देशिका अनुसार खोप प्रमाणपत्र अथवा कोभिड नभएको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने प्रावधान छ । जजिराले यो विमानस्थलबाट आउजाउ गर्ने यात्रुलाई त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थदको भन्दा २० प्रतिशत सस्तो भाडादरमा सेवा दिँदै आएको छ ।

प्रकाशित : २१ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६