प्रदेश

आमा समूहलाई शाइन रेसुङ्गाद्वारा बित्तिय साक्षरता



बुटवल २२ भाद्र। तिलोत्तमा नगरपालिका–३ को आमा समुहलाई शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक शंकरनगर शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यकम सम्पन्न भएको छ ।
तिलोत्तमा ३ को नमुना आमा समुहका महिलाहरुका लागि डिजिटल बैकिङ र वित्तीय साक्षरता सम्बन्धी ८० जना भन्दा बढी महिलाहरुलाई प्रशिक्षण प्रदान गरिएको शाईन रेसुङगा डेभलपमेन्ट बैंक शंकरनगरकी शाखा प्रबन्धक पवित्रा खनालल जानाकारी दिइन्।
साक्षरता कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयका डिजिटल हेड नारायण न्यौपाने र अञ्जली केसीले आमा समुहलाई डिजिटल बैंकिङ प्रणालीको आवश्यकता र यसको प्रयोगबाट हुने फाईदाहरुका बारेमा जानकारी दिएका शंकरनगर शाखाकी कर्जा प्रमुख किरण ज्ञवालीले जानकारी दिए ।
सुचना प्रबिधिको युगमा डिजिटल बैंकिङ र बित्तिय साक्षरता बारे विशेष गरी महिला दिदी बहिनीलाई पनि जानकारी गराउन आबश्यक रहेकाले कार्यक्रममा सहभागि भएको र तालिम फलदायी भएको आमा समूहकी अध्यक्ष भगवती फुल्लेलले जानकारी दिइन् । कार्यक्रममा क्वीज प्रतियोगिता गरी विजयीलाई उपहार प्रदान गरिएको थियो ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६