प्रदेश

काठमाडौंकी उपमेयर सुनिता डंगोलले सार्वजनिक गरिन् सय दिनका १५ काम



काठमाडौं, २२ भाद्र । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार सम्हालेको सय दिन पुगेको अवसरमा स्वेतपत्र सार्वजनिक गर्नुभएको छ । स्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजना उल्लेख छन्।

उहाँले आफू सकारात्मक थालनीको संकेत दिने दिशातर्फ उन्मुख भएको दावी गर्नुभएको छ । गर्नुपर्ने काम धेरै बाँकी रहेकाले त्यसका लागि सबैको सहयोग र सद‍्भाव आवश्यक रहेको उहाँको भनाइ छ।

पदभार सम्हालेको १ सय दिनमा पूरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र ५१ वटा विवादको किनारा लागेको स्वेतपत्रमा उल्लेख छ। सय दिन महानगरवासी सँगसँगै काम गरेको बताउँदै उहाँले विभिन्न संघ–संस्था, समूदाय, गुठी आदिले आयोजना गरेका १ सय भन्दा बढी कार्यक्रममा सहभागी भै महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको छ।

यस्तै, फोहोर व्यवस्थापनका लागि सकारात्मक पहलको सुरुवात भएको बताउनुभएको छ । महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’ लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन् । पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएका छौँ, स्वेतपत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६