प्रदेश

कपिलवस्तु १ मा राप्रपाबाट ध्रुब रायमाझीसहित ४ जनाको नाम सिफारिस



कपिलवस्तु, २२ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन लागी उम्मेद्वारको नाम सिफारिस गरेको छ । राप्रपाको सोमबार बसेको क्षेत्रीय बैठकले प्रतिनिधि सभा सदस्यका लागी कपिलवस्तु क्षेत्र नम्बर १ मा राप्रपाका केन्द्रिय सदस्य ध्रुब बहादुर रायमाझीसहित ४ जनाको नाम सिफारिस गरेको छ ।

यस्तै बैठकले डा. माधव पन्थी, जिल्ला सदस्य जाफर अलि मुलमान र उपेन्द्र यादवको नाम सिफारिस गरेको छ ।

यस्तै बैठकले कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ का लागी केन्द्रिय सदस्य ध्रुब रायमाझि, जिल्ला उपाध्यक्ष भोजराज आचार्यको नाम सिफारिस गरेको छ भने १ ‘ख’ का लागी लुम्बिनी प्रदेश सदस्य देबेन्द्र किरण श्रीवास्तव, विसम्बर चौधरी र दुलराम मतिको नाम केन्द्रमा सिफारिस गरेको राप्रपा कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६