प्रदेश

स्काईलार्क बोर्डिङ्ग स्कुल ओदारीमा भदौ २४ गते मायादेवी हव कन्भेन्सन हुने



कपिलवस्तु, भदौ २२

कपिलवस्तुको बाणगंगा ११ ओदारीमा स्काईलार्क ईंलीश बोर्डिङ्ग स्कुलमा यहि भदौ २४ गते विधार्थी गुणीय चक्र अर्थात विधार्थी क्वालिटि सर्कल अन्तर्गतको सम्मेलन हुने भएको छ । स्काईलार्क ईंलीश बोर्डिङ्ग स्कुलले मायादेवी हव कन्भेन्सन हुने गर्ने भएको हो ।
कपिलवस्तु र रुपन्देहीका ९ विधालयका विधार्थीहरु समावेश हुने उक्त प्रतियोगितामा करिव १ सय ८० सय बढी विद्यार्थीले भाग लिने जनाईएको छ । कार्यक्रमबारे जानकारी दिन विद्यालयमा आज पत्रकार संम्मेलन आयोजना गरिएको थियो ।
कार्यक्रममा स्कुलका प्रिन्सिपल तथा मायादेवी हव कन्भेन्सनका हव संयोजक तोलाकान्त डुम्रेले एस।क्यु।सी।अन्तर्गत विद्यार्थीहरुको स–साना समुह बनाई जस्ले विद्यार्थीका समस्या छनौट गरि समस्याका कारण, मुल जरा पत्ता लगाई समुहमा मिलेर समस्या समाधानका उपाएहरु पहिल्याउने र आफै एवम् अरुको सहयोगमा ति समस्या समाधान गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने बताउनुभयो । भदौ २४ शुक्रवार हुने उक्त कार्यक्रममा क्विज, हिज्जे र अन्य विधा गरि ९ विधामा प्रतियोगिता गराईने समेत जानकारी गराउनुभएको थियो । पत्रकार सम्मेलनमा एस। क्यु। सी बारे जानकारी गराउदै हव संयोजक मास्टर ट्रेनर डुम्रेले विधार्थीहरुलाई श्रजनशिल बनाउन यस कार्यक्रमले महत्वपुर्ण टेवा पु¥याउने र अन्र्तराष्ट्रिय स्तरका विधार्थीहरुसँग प्रतिस्पर्धामा भाग लिन पाउने हुदाँ कपिलवस्तुमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कन्भेन्सनमा भाग लिने विद्यालयका प्रधानाध्यापक तथा प्राध्यापक, शिक्षक कर्मचारी तथा पत्रकारको उपस्थिती रहेको पत्रकार सम्मेलन स्काईलार्क ईंलीश बोर्डिङ्ग स्कुलका शैक्षिक संयोजक धुर्व नेपालको सञ्चालनमा सम्पन्न भएको थियो ।

विद्यार्थी गुणीय चक्र के हो त ?
सर्वप्रथम त यसको नामाकरणलाई हेरौं । ‘गुणस्तर’ ले एक प्रकारको सीमा तोकेको हुन्छ भने ‘गुणीय’ले क्रमिक सुधार जनाउँछ। र चक्र भन्नाले समानता र समदुरी जनाउँ छ । सिधा रेखामा कोही अघि कोही पछि हुन्छन भने चक्रमा केन्द्रबाट सबै बराबरको दुरीमा हुन्छन। यसले कोही सानो वा ठूलो नभएर सबै बराबर र उत्तिकै महत्वपूणर् हुन भन्ने जनाउँछ । यसको सुन्दर पक्ष भनेकै यही हो । जुन समतामुलक समाजको हामी परिकल्पना गरिरहेका छौं त्यो कोरा भाषण वा सिध्दान्तका कुरा गरेर प्राप्त हुनेवाला छैन । साना कलिला विद्यार्थीलाई यसको अभ्यास गर्न सिकाएर मात्रै हुन्छ ।

यसले काम कसरी गर्छ ?
यस गतिविधिमा विद्यार्थीहरूको ४ देखी १० जना सम्मको समूह हुन्छ, जुन विद्यार्थी आफैले बनाउँछन । उनीहरूलाई आफ्ना वरीपरी भएका समस्याको वैज्ञानिक अनुसन्धानात्मक विधि प्रयोग गरेर हल गर्न सिकाइन्छ। यसमा सर्वप्रथम विद्यार्थीहरूले आफ्ना समस्या पहिल्याउँछन। ती समस्याहरू स्कूल वा घरसंग सम्बन्धित हुन सक्छन जस्तै स्कूलमा प्राङगण फोहर हुने, विद्यार्थीहरू छाडा कुरा बोल्ने, ठूला कक्षाकाले साना कक्षाकालाई हेप्ने, धम्क्याउने आदि र घरमा भएका समस्यामध्ये अत्यधिक टिभी हेर्ने, बाउआमाको झगडाले गर्दा केटाकेटीको पढाईमा असर पर्ने आदि जस्ता समस्या ब्रेनस्टर्मिङको तरिका प्रयोग गरेर पहिल्याउँछन, त्यसपछि समूहका प्रत्येक सदस्यले यसरी जम्मा भएका समस्याहरूलाई मत दिएर जुन समस्याले सबभन्दा बढी मत पाउँछ त्यसलाई त्यस समूहको साझा समस्या मानेर अन्य वैज्ञानिक विधि जस्तै चेकशिट, हिस्टोग्राम, बार डाइग्राम, फ्लो चार्ट्, परेटो डाइग्राम, ईशीकावा ९कज एण्ड ईफेक्ट वा फिशबोन० डाईग्राम, स्क्याटर डाइग्राम आदि प्रयोग गरेर समस्याको गहिराईमा पुगेर तिनका कारण र निवारण निर्धारण गर्छन र आफूले अध्ययन गरेको समस्याको समाधान निकाल्छन। समाधानलाई कार्यान्वयन गरे पछि त्यसको न्यूनिकरण भएको तुलनात्मक अध्ययन गरेर मापन गर्छन र यसको असरको मूल्याङकन गर्छन। कपिलवस्तुमा यो नयाँ विषय भएको हुदाँ लुम्बिनी दर्पणले विशेष चासोका साथ कार्यक्रमको जानकारी लिएको थियो ।
कार्यक्रममा जानकारी गराए अनुसार समस्या समाधानको एक चक्र पूरा गरी सके पछि फेरी अर्को समस्या र अर्को चक्र आरम्भ हुन्छ। समस्या समाधानको यस्तो प्रक्रियाबाट विद्यार्थीले व्यक्तित्व विकास र नेतृत्व क्षमताको विकास गर्छन। यसबाट विद्यार्थीले हचुवाको भरमा समस्याको समाधान नखोजी वैज्ञानिक विधि अपनाउन, समूहमा मिलेर अर्काको विचारको कदर गर्दै सुमधुर सम्बन्ध कायम गर्न, रचनात्मक सोचको विकास गर्न, आत्मविश्वास विकास गर्न, सार्वजिनक रुपमा आफ्ना कुराहरू राख्न र त्यसको प्रभावकारी सम्प्रेषण गर्ने जस्ता शिपहरू सिक्छन। समस्या समाधान त यस प्रकृयाको साधन मात्र हो, साध्य त बच्चालाई चतुर र असल बनाई एक सम्पूर्ण मानवको रुपमा योग्य र असल नागरिक निर्माण गर्नुे अध्ययन विधि हो ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६