प्रदेश

कांग्रेस रामराम भन्नुपर्ने अवस्थामा आइसक्योः यादव




काठमाडौं, २३ भाद्र । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनतामाझ जान पनि दल दलसँग अंशवण्डा गरिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

बिहीबार आज काठमाडौंमा भएको बीपी साहित्य एवं बिपी सेनानी सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा।यादवले अहिले टिकट किन्नेलाई काँग्रेसी भन्ने गरिएको बताउनुभयो । ‘तपाईंहरुले सुन्नुभएको होला, समानुपातिकमा टिकट बिक्री भएको छ । वार्डको टिकट बिक्री भएको छ, पालिकाको टिकट बिक्री भएको छ,’ उहाँले भन्नुभयो, ‘कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ ।’

कांग्रेसमा विधि, आदर्शबारे कुरा हुन छाडेको र कांग्रेसका नेता कार्यकर्तामा बीपीको एक गुण पनि नरहेको उहाँले बताउनुभयो । भन्छन्, कांग्रेसीमा त हुनैपर्ने हो, हामी कोहीमा छैन ।’ बीपीको जेल डायरी, बीपीको आत्मवृत्तान्त, राजनीतिबारे बिपीले बोलेका विषयहरु पढ्न फुर्सद कांग्रेसीलाई नरहेको उहाँले बताउनुभयो ।

प्रकाशित : २३ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६