प्रदेश

सोमबार देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको निर्णय



काठमाडौं, २३ भदौ । नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले जानकारी दिए ।

सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले यस्तो निर्णय गरेको हो । कार्यसमिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।

कार्यसमिति बैठकपछि जारी विज्ञप्तिमा संस्थाका सदस्यहरुको मानमर्दन हुने गरी अनर्गल आरोप लगाएकोप्रति सांकेतिक विरोधको कार्यक्रम घोषणा भएको जनाएको छ । सोही कुराको विरोध गर्न भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय भएको उल्लेख छ ।

फिल्म सेन्सर गर्दा अनावश्यक दुःख दिएको भन्दै अग्रिम बुकिङ नखोलिएको प्रष्टीकरण पनि संघले दिएको छ । ‘हाम्रा सदस्यमाथि यस प्रकारका अनर्गल आरोप, बाधा र अवरोधहरु कायम रहे अझ कडा आन्दोलनमा जाने चेतावनी पनि दिन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २३ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६