प्रदेश

कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित



काठमाडौं २२ भाद्र । : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जबरजस्तीकरणी कसुरमा जाहेरी परेको भन्दै क्यानले निलम्बन गरेको हो।
नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेउपर जबरजस्ती करणी कसुरमा मिति २०७९ भदौ २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निजउपमर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यासम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछनेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ,’ कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले समेत सन्दीपको घटनाबारे चासो देखाएको छ। आईसीसीका शीर्ष अधिकारीले नै बारम्बार सन्दीपविरुद्धको उजुरीबारे चासो लिएको मल्लले  बताए। 

प्रकाशित : २३ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६