काठमाडौ २४ भदौ । एशियाली विकास नेपाल घरेलु तथा साना उद्योग महासंघ बीच फर्म प्रोजेक्टवारे छलफल भएको छ । बैकको Takuya Hoshino नेतृत्वको प्रतिनिधि मण्डल र नेपाल घरेलु तथा साना उद्योग महासंघको पदाधिकारीहरु बिच महासंघको केन्द्रिय कार्यलयमा भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएको हो । सन २०२३ का लागी फर्म प्रोजेक्टका रुपमा संचालन हुने Contingent Disaster Financing (CDF) अन्तरगत MSME Support program मार्फत नेपालका लघु, घरेलु, साना तथा मझौला उद्योगलाई पुर्याउन सकिने सम्भावित सहयोग बारे छलफल भएको छ
आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्री उमेश प्रसाद सिंह, निवर्तमान अध्यक्ष श्याम प्रसाद गिरी, बरिष्ठ उपाध्यक्ष सूर्य वहादुर कंडेल, उपाध्यक्ष सत्यनारायण प्रजापति, महासचिव डम्वर प्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत प्रसाद पाण्डे सहित महासंघका कर्मचारी सहभागी हुनुहुन्थ्यो ।
२३ भाद्र २०७९, बिहिबार
प्रतिक्रिया