प्रदेश

बेलायत शोकमा, महारानी एलिजाबेथलाई श्रद्धाञ्जली दिन बकिङ्घम प्यालेस बाहिर हजारौँ नागरिक भेला (तस्बिरसहित)



एजेन्सी, २४ भाद्र ।

महारानी एलिजाबेथ द्वितीयको निधनपछि बेलायत शोकमा डुबेको छ । बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानी एलिजाबेथ द्धितीयको ९६ वर्षको उमेरमा निधन भएको हो ।

महारानी एलिजाबेथ द्वितीयको बाल्मोरल दरबारमा निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ । उहाँलाई श्रद्धाञ्जली दिन बकिङ्घम प्यालेस बाहिर हजारौँ नागरिक भेला भएका छन् । उहाँकाे सम्मानका लागि नागरिकले फूलका गुच्छा राखेका छन् । महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

सन् १९२६ अप्रिल २१ मा लण्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ । उहाँले ७० वर्षसम्म शासन गर्नुभयो । उहाँको निधनपछि जेठा छोरा चार्ल्स राजा चार्ल्स तृतीय बन्नुभएको छ ।

महारानी एलिजाबेथको निधनप्रति विश्वभरबाट शोक व्यक्त गरिएको छ । महारानी एलिजाबेथ द्वितीयको शासनकालमा १५ जना प्रधानमन्त्री भएका छन् ।

प्रकाशित : २४ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६