प्रदेश

भूमि आयोगद्वारा कामलाई तीव्रता



देउखुरी २५ भदौ । भूमि आयोगले पूर्णता पाएसँगै दाङका स्थानीय पालिकाले भूमि व्यवस्थापनको काम थालेका छन्। जिल्ला भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मी आयोगले पूर्णता पाएसँगै भूमिसम्बन्धी कामलाई निरन्तरता दिएको बताउनुहुन्छ।
जिल्लाका धेरैजसो पालिकाबाट अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी, भूमिहीन दलितहरूका लागि लालपुर्जा वितरणको प्रक्रिया थालिएको जानकारी उहाँले दिनुभयो। पालिकाहरूले तथ्याङ्क सङ्कलनदेखि जग्गा नापजाँच गरेर लालपुर्जा दिने अवस्थासम्मका प्रक्रिया पूरा गरिरहेका छन्। लामो समयदेखि रोकिरहेको राप्ती गाउँपालिकाले अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितहरूलाई निस्सा वितरण कार्य सुरु भएको छ। अव्यवस्थित बसोबासका लागि पहिलो चरणमा निस्सा वितरण प्रक्रिया पु(याएर भूमिहीनलाई लालपुर्जा वितरण गरिने पालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो।
हालसम्म बसोबास र भोगचलन गर्दै आएको जग्गा प्रमाणको रूपमा निस्सा दिइएको छ। उक्त जग्गामा कसैको दाबीविरोध नपरेमा जग्गा नापेर सङ्घ र प्रदेशको निर्वाचनपछि प्रक्रिया पूरा गरेर जग्गाको लालपुर्जा वितरण गर्ने तयारी छ।
अव्यवस्थित बसोबासका तीन हजार ७२८, भूमिहीन सुकुम्बासीका ५७६ र भूमिहीन दलितका २१६ गरी जम्मा चार हजार ५२० जनालाई निस्सा वितरण गरिनेछ। अहिलेसम्म ७९२ बिघा २० कट्ठा १६ धुर जग्गाको नापनक्सा गर्ने काम सकिएको छ। भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले जग्गाको लगत सङ्कलन गर्ने, निस्सा वितरण गर्ने काम सम्पन्न गरेर अहिले जग्गाको नापनक्साको काम जारी रहेको लगत सङ्कलन एकाइका प्रमुख गोपाल विकले जानकारी दिनुभयो।

प्रकाशित : २५ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६