प्रदेश

अग्निपथ योजनाअन्तर्गत नेपाली युवालाई भर्तीको व्यवस्था मिलाउन माग




काठमाण्डौं, २५ भाद्र ।
संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले भारतीय सेनाको अग्निपथ योजनाअन्तर्गत नेपाली युवाहरूलाई भर्तीको व्यवस्था चाँडो भन्दा चाँडो मिलाउनुपर्ने माग गरेको छ ।

महासंघ नेपालका अध्यक्ष कर्नेल धनबहादुर थापाले भारतीय सेनाको अग्निपथ योजनामा नेपाली युवाहरूको सहभागिताको बारेमा सरकारले देखाएको मौनताले भारतीय सेनामा जान चाहने धेरै युवाहरूको चाहनालाई कुठाराघात गरेको टिप्पणी गरेका हुन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उनले राज्यले आफ्नो हितमा भएको कुरा किन लागु नगरेको भन्दै गुनासो पोखे । राज्यले लिएको नीतिको कारण नेपाली युवाहरू ठुलो मारमा परेको उनको भनाई छ ।

महासंघ नेपालले सन् १९४७ मा नेपाल, भारत र बेलायत सरकारबीच भएको त्रिपक्षीय सन्धिअनुरूप हालसम्म भारतीय सेनामा रहेको गोरखा सैनिकमाथि कुनै प्रकारको विभेद नरहेको पनि स्पष्ट पारेको छ । यस्तै, महासंघ नेपालले भारतले आफ्नो सेना सुदृढीकरण योजनाअन्तर्गत ल्याएको अग्निपथ योजना कुनै जाति, धर्म, क्षेत्रविशेष या गोरखा भर्तीमा मात्र केन्द्रित नभई सम्पूर्ण देशभरि नै लागु हुने भारतको सदन र सरकारले पास गरेको राष्ट्रिय योजना भएको जनाएको छ ।

महासंघले अग्निपथ भर्ती कार्यक्रमबाट नेपाललाई प्रत्यक्ष या अप्रत्यक्ष रूपमा हुने फाइदाहरूको पनि प्रकाश पारेको छ । उक्त अग्निपथ भर्ती योजनाअन्तर्गत दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने कुरामा विश्वस्त रहेको पनि महासंघको भनाई छ ।

महासंघले नेपाली युवाहरू १७,१८ वर्षको उमेरमा भारतको अग्निपथ योजनाअन्तर्गत भर्ती भएकाहरू ४ वर्षपछि अवकाश पाउँदा २१र२२ वर्षको हुने र ती युवाहरूलाई नेपाली सेना तथा प्रहरीमा भर्ती गरी तालिम खर्च र तालिमको समय पनि बचाउन सकिने उल्लेख गरेको छ ।

प्रकाशित : २५ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६