पशुपति गिरी, कपिलवस्तु।
कपिलवस्तु, २५ भाद्र ।नेपाल सि.एम.ए जिल्ला कार्यसमिति को साधारण सभा तथा पाचौं अधिवेशन कार्यक्रम निमार्ण व्यवसायी संघ कपिलवस्तुको सभा हलमा सम्पन्न भएको छ। नेपाल सि एम ए जिल्ला कार्यसमितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको छ।हरिशरण गौतम को अध्यक्षता तथा गोपाल उपाध्याय को प्रमुख अतिथि तथा दुर्गा प्रसाद अधिकारी को विशिष्ट अतिथि र संचालक रामबहादुर भर ले कार्यक्रम संचालन गर्नुभएको थियो। प्रविण कुमार मिश्र ले स्वागत मन्तव्य दिइ कार्यक्रम अगाडि बढाउनु भएको छ।सि एम ए संघ को केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्याय को भनाइ अनुसार अनुगमन जरूरी छ तर हेपाइ प्रवृत्ति अहिले पनि हाबि नै रहेको छ।उक्त प्रवृत्ति लाई रोक्न सि एम ए गरेका साथीहरूले एकता बनाएर अगाडि बढ्नुपर्छ भन्ने जानकारी दिएका छन्। हालसम्म नेपालमा १३ हजार ५०० सय क्लिनिक दर्ता भएर संचालनमा रहेका छन। नेपाल स्वास्थ्य व्यवसाय संघ दफा २ को घ बमोजिम सि एम ए गरेर प्रमाण पत्र प्राप्त गरेको व्यक्तिले साधारण उपचार निदान सम्बन्धी हक अधिकार रहेको छ भन्ने जानकारी समेत दिइएका छन् ।
कोरोना भाइरस को बेलामा यही सि एम ए गरेका साथीहरूले धेरै मान्छे को जीवन रक्षा समेत गरेका छन्।तर अझै पनि हामीलाई हेप्ने प्रवृत्ति नै छ । अखिरमा हामी ले कहिले सम्म यस्तो प्रवृत्ति सहेर बस्न सक्छौ। हामी लाई पनि उचित सम्मान र न्याय चाहिन्छ भने जोडदार माग गरेका छन्।जिल्ला सि एम ए कार्यसमितिमा रामबहादुर भर अध्यक्ष, शैलेन्द्र कुमार गुप्ता र अहमद अलि मु उपाध्यक्ष, देवेन्द्र पाण्डेय सचिव, दिपेन्द्र पासवान कोषाध्यक्ष, तथा अवधेश कुमार गुप्ता, हरिशरण गौतम, जागेश्वर बराई, लगायत सल्लाहकार मा छनौट हुनुभएको छ।








प्रतिक्रिया